Wednesday 22nd July 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६औँ स्थापना दिवस श्रमिक सचेतना कार्यक्रमसहित मनाइने


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। सोही अवसरमा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार समेत प्रदान गरिने छ।

यसअघि १५औँ स्थापना दिवसका अवसरमा शाखाले “विदेश विमर्श” शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। यसपालि भने कुवेतमा रहेका नेपाली श्रमिक समुदायलाई लक्षित गर्दै श्रमिक सचेतना कार्यक्रम मार्फत जानकारीमूलक सन्देश प्रवाह गरिने जनाइएको छ।

कार्यक्रम सम्बन्धी निर्णय शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा बसेको बैठकले गरेको हो। कार्यक्रम स्थल छिट्टै सार्वजनिक गरिनेछ। तर्सथ उक्त दिनमा कार्यक्रम नजुधाइ सम्पूर्ण नेपाली समुदाय, संघसंस्था र अभियन्ताहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम विवरण:
कार्यक्रम: १६औँ स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम
मिति: २७ जुन २०२५, शुक्रबार
स्थान: छिट्टै जानकारी गराइनेछ
आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...