Monday 27th October 2025

टिकटक बनाउन जाने भन्दै खोलामा लगेर गोली हानी बालकको हत्या


रौतहट वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्यामा संग्लन भएको भन्दै प्रहरी ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा भेटिएको थियो ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ । बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको घिमिरेले बताए । उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र यससम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...