Wednesday 30th September 2026

राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो


धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे । लिङ्देनले हिजो संसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा पनि थिए, तर प्रहरीले छाडेको अभिव्यक्ति दिएका थिए ।

राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपी लिङदेनले कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् । केही मिडिया र सामाजिक संजालमा महेन्द्र यादवको छोरा मुकेश यादव भनेर नाम आएपनि उनका मुकेश नामका छोरा छैनन् ।कांग्रेस सह-महामन्त्री यादवका छोराद्वय विकास र आकाश दुबै डाक्टर छन् । उनीहरु देश बाहिर छन् । तर उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।

झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह-महामन्त्री यादवको चरित्र हत्या गरेकाले उनलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।
-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...