Sunday 9th November 2025

राजतन्त्र पुर्नस्थापनाको पक्षमा काठमाण्डौंमा प्रदर्शन


संघीय राजधानीको काठमाडौंमा हजारौं नागरिकले राजतन्त्र पुर्नस्थापनाको पक्षमा प्रदर्शन गरेका छन् । राप्रपा र राप्रपा नेतासहितका दल तथा विभिन्न संघसंस्थाको आव्हानमा ठूलो संख्यामा भेला भएका नागरिकले पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै राजतन्त्र पुर्नस्थापनाको मागसहित प्रदर्शन गरेका हुन् । पोखरासहितका केही स्थानमा धार्मिक कार्यक्रम सकेर काठमाडौं फर्किएका पूर्व राजा शाहलाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरु पुगेका थिए ।

पूर्व राजाका समर्थकहरुले विमानस्थलको मूलगेटदेखि र्‍यालीसहित निर्मल निवाससम्म पु¥याइएको बताएका छन् । राजतन्त्र समर्र्थकहरु राष्ट्रिय झण्डा, फूलमाला र पूर्व राजाको तस्वीर अंकित टिसर्ट, ब्यानर एवम् पम्प्लेटसहित सहभागी भएका थिए । उनीहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै प्रमुख दलका नेताहरुको नाम नै लिएर नारावाजी गरेका थिए । राजतन्त्र समर्थकले गरेको आजको प्रदर्शन गणतन्त्र स्थापनापछि अहिलेसम्मकै ठूलो मानिएको छ ।

प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन दिनभर जसो प्रभावित भएको थियो । स्थानीय प्रशासनले उनीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । यसअघि पूर्व राजा शाहलाई पोखरामा साँस्कृतिक झाँकीसहित विदाइ गरिएको थियो । राजतन्त्रको पक्षमा प्रदर्शन गरेका दल र संघसंस्थाले आगामी दिनमा गर्ने कार्यक्रम भने तय गरेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...