Friday 9th October 2026

गजल


गजल
सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा ।
सकिन जान अलि छु पर,दरखाने दिनैमा ।।

रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर
बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।।

खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन
मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।।

रोको छ मन आमाको पनि,चेलीको मायाले
आउछन् कि भनि गरेर भर, दरखाने दिनैमा ।।

बस्नेछु ब्रत भोलीको दिनमा ,निराहार बनेर
पुजेर शिव जि माग्नेछु वर, दरखाने दिनैमा ।।
( वर=वरदान )

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...