Saturday 8th November 2025

कल्याणकारीले आगामी फेब्रुअरी ७ तारिक अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने


तीतोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ । समाजले हाला फेब्रुअरीको आगमन सँगै “कल्याणकारी-हाला-अलमुजैनी कप” भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष सुवाश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फाहाहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

स्थापनाकालदेखि खेलकुद तथा सामाजिक सेवाको कार्य गर्दै आएको यस संस्थाले फेरि पनि कुवेतको नेपाली समाजमा रहेका खेलकुद प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको चाहनालाइ मध्यनजर गर्दै यस वर्ष हाला फेब्रुअरीको अवसर पारेर अलमुजैनी एक्सचेन्जसँगको सहकार्यमा भलिबल प्रतियोगिता गराउन लागेको बताउँदै भलिबल खेलप्रति रूचि राख्ने खेलप्रेमी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ खेलकुद प्रतियोगिता हेर्न आउनुहुन आयोजकले अनुरोध गरेको छ ।

स्मरण रहोस, स्थापनाकालदेखि नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले कुवेतमा हुने हरेक खेलकुद प्रतियोगितामा सकृय सहभागी भइ अधिकांश खेलहरूमा च्याम्पियन रहँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...