Sunday 21st June 2026

जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरीमा हुने


नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरी २०२५ मा हुने भएको छ । 

कुवेतस्थित साल्मियाको गोर्खा किचनको सभाहलमा दिनको ठिक ११ बजेदेखि पार्टीको केन्द्रीय प्रतिनिधिको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन समाराेह हुने कार्यक्रम संयोजक शेर सुनारले जानकारी दिएका छन । कार्यक्रममा पार्टीको केन्द्रीय प्रतिनिधि आउने बारे भने अझैसम्म तुङ्गो नलागेको जनाएका छन ।
 
बैज्ञानिक समाजवाद प्रति आस्थावान कुवेतमा रहेका नेपाली श्रमिकलाई मोर्चामा आवद्द हुन समेत संयोजक सुनारले आग्रह गरेका छन । उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ – सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...