Sunday 27th October 2024

इरानमा इजरायलको आक्रमण सुरु, ठूलो क्षतिको आशंका


इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’

आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर ७, २०२३ पछि ‘इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले इजरायलमाथि लगातार आक्रमण गरेका छन्।’

हगरीले भने, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय छ । हामी इजरायल राज्य र इजरायलका जनताको रक्षा गर्न आवश्यक पर्ने सबै गर्नेछौं।’

इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै भनेअनुसार एक इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुनसक्ने बताएका छन्।

यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।

ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ ।

“हामी बुझ्दछौं कि इजरायलले अक्टोबर १ मा इरानको ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा इरानमा सैन्य लक्ष्यहरू विरुद्ध हमला गरिरहेको छ,” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले सीबीएसलाई भने ।

बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन आशरका अनुसार यी आक्रमणहरू इरानले एक महिनाअघि इजरायलमा गरेको मिसाइल आक्रमणको प्रतिक्रिया हो भन्ने बुझिएको छ। उक्त हमलामा इरानले इजरायलमा २ सय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

इजरायलले एक विज्ञप्ति जारी गरी कारबाही जारी रहेको जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इरानी आक्रमणको जवाफ दिनु इजरायलको “अधिकार र कर्तव्य” भएको बताएका छन्। इजरायलले अब आफ्नो आक्रामक र रक्षात्मक क्षमतालाई पूर्ण रूपमा परिचालन गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमले तेहरानको पश्चिमी क्षेत्रमा विस्फोटको आवाज सुनिएको पुष्टि गरेको छ ।

इरानको रिभोलुसनरी गार्ड्सको नजिक रहेको समाचार एजेन्सीले पश्चिम र दक्षिणपश्चिम तेहरानका केही सैन्य लक्ष्यमा आक्रमण भएको बताएको छ ।

यद्यपी आक्रमणको स्केल र कुन स्थानमा आक्रमण भएको हो भन्ने खुल्न सकेको छैन ।

सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले उनको एउटा तस्बिर जारी गरेको छ जसमा उनी यस हमलाको क्रममा सैन्य मुख्यालयको अपरेशन सेन्टरमा उपस्थित देखिएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १…

दक्षिणी लेबनान - इजरायली सीमा नजिकैको निजी घरको पछाडिको दक्षिणी लेबनानको रमणीय पहाडहरूमा बसेको यो 1.5 किलोमिटर लामो हिजबुल्लाह सुरुङको…

गुलाम नबी मन्सुर- कुवेतलाई मेरो कर्मथलो बनाएर लामो समयदेखि म यहाँको व्यस्त जीवनशैलीमा रमिरहेको थिएँ। म कुवेतमा बसेर आफ्नो काममा…

प्रतिकृयाहरू
...