Saturday 27th December 2025

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु


एजेन्सि– युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ ।

रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक हुन सक्छ । गए राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।
पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ । यहाँ रुसले गरेको हमलामा ५० भन्दा बढीको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

यही कारणले गर्दा युक्रेनको रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा यति थोरै समय रहेकोले मन्त्रालयले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...