Thursday 10th September 2026

तनहुँ सेवा समाज कुवेतले कुवेतमा तिजको दर खुवायो


तीतोपाटी – तनुहँ सेवा समाज कुवेतले कुवेतमा कार्यरत नेपाली चेलीबेटीहरूलाइ तिजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । “माैलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाली सनातन धर्मावलम्बी नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको छेको पारेर तनहुँ सेवा समाज कुवेतले संस्थागत तीज मिलन तथा दर कार्यक्रम-२०८१ गत अगष्ट २९ र ३० तारिक दुइ दिनको समय मिलाएर कुवेतको रमणीय यरिया हिजुल कवडको एक फार्म हाउसमा पारिवारिक वातावरणमा सम्पन्न गरेको हो ।

कुनै अाैपचारिक कार्यक्रम नगरी परदेशमा भएपनि स्वदेशको झल्को दिने तरिकाले नेपली परिकारहरूको स्वादको साथमा तिज विशेष गीतहरू तथा अन्य सांस्कृति नृत्यहरूको साथमा हर्सोल्लास र मनोरन्जनका साथ सम्पन्न उक्त कार्यक्रममा तनहुँ जिल्लाका मात्रै नभएर देशभरबाट कुवेतमा अाइ विभिन्न पेशामा कार्यरत महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति थियो ।

विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधि सहित डेढ सय भन्दा बढी प्रवासीहरूको उपस्थितिमा सम्पन्न तिज विशेष कार्यक्रम समापनको अवसरमा कुवेतको नेपाली समाजका हरेक सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूमा प्रत्यक्ष/परोक्ष रूपमा याेगदान दिंदै अाएका एनअारएनए कुवेतका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी होमनाथ गिरिलाइ मायाको चिनोबाट सम्मान गरिएको थियो भने समाजभन्दा बाहिर रहेर पनि समाजको हरेक कृयाकलाप सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरूलाइ सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम सफल बनाउन अहोरात्र खटेर लागि पर्ने सबैप्रति हार्दिक कृतज्ञाता ज्ञापन गर्दै तिज विशेष कार्यक्रम सफल बनाउन प्रत्यक्ष/परोक्ष रूपमा सहयोग पुर्याउने एवं कार्यक्रममा सहभागी भएर कार्यक्रमलाइ भव्यरूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाइ समाजका अध्यक्ष सोम खत्रीले धन्यवाद दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...