Sunday 27th September 2026

रामेछाप पहिरो (अपडेट)ः ६ जनाको शव भेटियो, अझै ४ जना सम्पर्कबिहिन


रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् ।

यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको पनि शव फेला परेको छ । चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रहरीका अनुसार अझै ४ जना सम्पर्कविहीन रहेका छन् । ७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । पहिरोले ५ वटा घर बगाएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

प्रतिकृयाहरू
...