Friday 4th September 2026

रामेछापको लेकखर्कमा पहिरो, ६ जनाको मृत्यु, १ जना घाइते, ७ वेपत्ता


रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति परेको घनघोर वर्षापछि आएको पहिरोमा परी ६ जनाको ज्यान गएको छ, एक जनाको उद्दार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् ।

पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोराको सनाखत भएपनि अन्य ४ जनाको सनाखचत हुन सकेको छैन । चण्डिकाको घरबाट एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले चारवटा घर बगाएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेका भीमबहादुर थापा मगरको घरका तीन जना, उर्मिला पहरीको घरका चार जना, काले पहरीको घरका तीन जना र अर्को एक घरका स्थानीय एक जनामध्ये ४ जनाको शव भेटिएको छ भने अझै ४ जना बेपत्ता छन् ।

बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ ।
बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...