Wednesday 29th April 2026

‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा


भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो ।

कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले आफ्ना फ्यानहरूलाई उत्साहित बनाएको छ । कपिल शर्माले इन्स्टाग्राममा पोष्ट शेयर गर्दै फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।

पहिलो सिजन सकिएको दुई महिनापछि दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । नेटफ्लिक्सले साझा गरेको भिडियोमा पहिलो सिजनका यादगार क्षणहरू देखाइएको छ ।

यस शो को पहिलो सिजनको औसत प्रतिक्रिया आएको थियो । पहिलो सिजनमा नेटफ्लिक्समा १३ भाग प्रशारण गरिएको थियो । यस अघि टेलिभिजनमा प्रशारण हुने कपिलको शो नेटफ्लिक्समा प्रशारण भएपछि अलि सिमित दर्शकले मात्र हेरेका कारण पहिलो जस्तो लोकप्रियता पाउन नसकेको बताइएको थियो ।

‘द ग्रेट इन्डियन कपिल शो’ मा कपिल शर्मासँगै कृष्णा अभिषेक, किकु शारदा, अर्चना पूरन सिंह र राजीव ठाकुर पनि छन् । शोको पहिलो सिजनमा आमिर खान, रणवीर कपूरसँगै उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा साहनी, कार्तिक आर्यन, दिलजीत दोसांझ र परिणीति चोपडालगायत अन्य धेरै स्टार अतिथिका रूपमा आएका थिए ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...