Friday 9th October 2026

गजल


गजल

संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा ।
तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।।

हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो
खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।।

लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै
कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।।

दरको नाममा प्रयोग भए,व्हिस्की अनि बियर
लागेको छ मन सबैको ,अमृत छोडी जहरमा ।।

घर घरमा खर्च बढ्यो, यस्तै यस्तै विकृतिले
फजुल खर्च भइ बग्यो, धन सम्पत्ति नहरमा ।।

जोगाइ राखौँ संस्कृति हाम्रो,भोलीका पिंढीलाई
बिकृति फालौं चेतना फैलाइ,आम जनलहरमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...