Tuesday 1st July 2025

प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा


प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । 
खैतानस्थिन राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको हो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराई २५ जुलाईको बिहान १० बजे कुवेत आईपुग्ने छन भने विशेष अतिथि संजय थापा २३ जुलाईको साझ ४ बजे कुवेत आईपुग्ने आयोजकले जनाएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापाले कार्यक्रममा संम्बोधन गर्नेछन । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
कुवेतको नेपाली समाजमा सन २०१२ मा मन्चको स्थापना भएको  थियो । कुवेतमा कार्यरत रही नेकपा एमाले संग आस्थावान् व्यक्तित्व लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...