Thursday 30th October 2025

गजल


गजल

विकासको मतलब छैन, सत्ताका सब भोकाहरु ।
बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।।

लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर
जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।।

बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर
माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।।

अन्यायले भित्र भित्रै ,जलिरहेछन् पीडित यहाँ
दुखाएरै बस्न बाध्य छन् ,पोलेका ति फोकाहरु ।।

‌अपवित्र बन्दै गइरहेछ , सबको मन आजभोली
स्वार्थ खातिर दौडे सबै , छैनन् मनका चोखाहरु ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

प्रतिकृयाहरू
...