Tuesday 11th August 2026

गजल


गजल

विकासको मतलब छैन, सत्ताका सब भोकाहरु ।
बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।।

लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर
जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।।

बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर
माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।।

अन्यायले भित्र भित्रै ,जलिरहेछन् पीडित यहाँ
दुखाएरै बस्न बाध्य छन् ,पोलेका ति फोकाहरु ।।

‌अपवित्र बन्दै गइरहेछ , सबको मन आजभोली
स्वार्थ खातिर दौडे सबै , छैनन् मनका चोखाहरु ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

नेपालले Pax Silica को औपचारिक Declaration मा हस्ताक्षर गरेर पूर्ण सदस्य बनेको प्रमाण अहिले उपलब्ध छैन। त्यसैले “नेपाल Pax Silica…

सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बशार अल-असदलाई दमास्कसस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अदालतको निर्णयसँगै सिरियाको राजनीतिक भविष्य…

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौतीको सामना तथा युद्धकालीन सैन्य कमान्ड हस्तान्तरणको तयारीस्वरूप आगामी अगस्ट १७ देखि…

प्रतिकृयाहरू
...