Monday 28th September 2026

सुनको मूल्य तोलाको एक लाख ४५ हजार नाघ्यो


आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...