Monday 31st August 2026

धरातलको जून हेर्दा


पुष्कर अथक रेग्मी

थियौं
हित
भयौं
मीत
पुष्पा नेपाल सुवेदीको एक पुष्प शीत शीत काव्य समाज नेपालद्वारा प्रकाशित लघुतम काव्य संग्रह ‘शीत’ ( २०७८) संग्रहित रहेको छ । शीत परिकल्पना भए संगै पुष्पाजीसंग सामाजिक सन्जालमा भेट भएको हो । उहाँले शीत कसरी लेख्ने ? भनी परिकल्पनाकारसंगनै कुरा गर्ने मनसुवा भएपछि हाम्रो टेलिफोन वार्ता भएको थियोे भने प्रत्यक्ष भेटघाट भएको छैन ।

माता चन्द्रकला नेपाल र पिता कुल प्रसाद नेपालको सुपुत्री, शिव प्रसाद सुवेदीकि धर्मपत्नी एवं सौरभ र आदित्यकि ममतामयी माता पुष्पा नेपाल सुवेदीको साहित्यिक नाम ” पुष्पाञ्जली ” हो ।नामसालिङ इलाम जन्मी शिक्षण पेशामा आवद्ध पुष्पाजी काव्य लेखनको पारखी हुनुहुन्छ । यही क्रममा उहाँको गजल संग्रह “धरातलको जून “(२०८१) प्रकाशित भएको जानकारी सामाजिक संन्जालबाट पाएको केही दिनमै कुरियर गरि इलामबाट ” धरातलको जून ” पाल्पा आइपुगी मेरो हात लाग्यो ।

संग्रहभित्र ९० वटा गजलहरू संग्रृहित रहेमा छन । सबै गजलहरू नियमन सीमाभित्र रही लेखिएका छन् । माता पिता तथा श्रद्धेय अग्रजहरूमा समर्पित गजल संग्रहका प्रकाशक शिव प्रसाद सुवेदी रहनु भएको छ भने डा. घनश्याम परिश्रमी , आवाज शर्मा ‘वाला’,डा.अच्युत शर्मा र बिष्णुक भट्टराईको शुभकामना रहेको छ । गजलकार स्वयंको दुई शव्द र हरिप्रसाद पौडेल ” स्वर्णशिखा” को गजवको भूमिका सहित मूल्य रू ३००/- रहेको संग्रह गजल पारखीहरूका लागि संग्रहणीय र उदाहरणीय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...