Saturday 19th April 2025

धरातलको जून हेर्दा


पुष्कर अथक रेग्मी

थियौं
हित
भयौं
मीत
पुष्पा नेपाल सुवेदीको एक पुष्प शीत शीत काव्य समाज नेपालद्वारा प्रकाशित लघुतम काव्य संग्रह ‘शीत’ ( २०७८) संग्रहित रहेको छ । शीत परिकल्पना भए संगै पुष्पाजीसंग सामाजिक सन्जालमा भेट भएको हो । उहाँले शीत कसरी लेख्ने ? भनी परिकल्पनाकारसंगनै कुरा गर्ने मनसुवा भएपछि हाम्रो टेलिफोन वार्ता भएको थियोे भने प्रत्यक्ष भेटघाट भएको छैन ।

माता चन्द्रकला नेपाल र पिता कुल प्रसाद नेपालको सुपुत्री, शिव प्रसाद सुवेदीकि धर्मपत्नी एवं सौरभ र आदित्यकि ममतामयी माता पुष्पा नेपाल सुवेदीको साहित्यिक नाम ” पुष्पाञ्जली ” हो ।नामसालिङ इलाम जन्मी शिक्षण पेशामा आवद्ध पुष्पाजी काव्य लेखनको पारखी हुनुहुन्छ । यही क्रममा उहाँको गजल संग्रह “धरातलको जून “(२०८१) प्रकाशित भएको जानकारी सामाजिक संन्जालबाट पाएको केही दिनमै कुरियर गरि इलामबाट ” धरातलको जून ” पाल्पा आइपुगी मेरो हात लाग्यो ।

संग्रहभित्र ९० वटा गजलहरू संग्रृहित रहेमा छन । सबै गजलहरू नियमन सीमाभित्र रही लेखिएका छन् । माता पिता तथा श्रद्धेय अग्रजहरूमा समर्पित गजल संग्रहका प्रकाशक शिव प्रसाद सुवेदी रहनु भएको छ भने डा. घनश्याम परिश्रमी , आवाज शर्मा ‘वाला’,डा.अच्युत शर्मा र बिष्णुक भट्टराईको शुभकामना रहेको छ । गजलकार स्वयंको दुई शव्द र हरिप्रसाद पौडेल ” स्वर्णशिखा” को गजवको भूमिका सहित मूल्य रू ३००/- रहेको संग्रह गजल पारखीहरूका लागि संग्रहणीय र उदाहरणीय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...