Monday 10th November 2025

चन्द्रमाबाट माटो र पत्थरका नमुना लिएर फर्कियो ‘चाङ्ग‍-अ सिक्स’


चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग‍-अ सिक्स’ पृथ्वीमा फर्किएको छ। ‘चाङ्ग‍’अ सिक्स’ अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ।

‘चाङ्ग‍-अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ अनि चन्द्रमामाको पृष्ठभागमा पठाएको दोस्रो अभियान हो। चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम “चाङ्ग’अ” हो। उनैको नामबाट यो अन्तरिक्षयानको नाम “चाङ्ग’अ” राखिएको हो।

“चाङ्ग’अ सिक्स” मे महिनाको सुरुतिर प्रक्षेपण भएको थियो। त्यसको केही सातामा त्यसले चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्‍यो। उक्त ‘प्रोब’ले एउटा ‘ड्रिल’ र ‘रोबटिक हात’ प्रयोग गरेर माटो र पत्थर सङ्कलन गर्‍यो अनि त्यहाँको तस्बिर खिच्यो र त्यहाँ चीनको झण्डा पनि गाड्यो।

त्यहाँ बरफ हुन सक्ने भएकाले र त्यसबाट पानी, अक्सिजन अनि हाइड्रोजन निकाल्न सकिने आशा गरिएकाले वैज्ञानिकहरूले उक्त भागको अध्ययनमा रुचि देखाएका हुन्।

अब उक्त ‘प्रोब’लाई बेइजिङ पठाइने र सङ्कलित नमुना निकालिने चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

प्रतिकृयाहरू
...