Tuesday 21st July 2026

नेपालको पश्चिम तराइमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने


नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले “लु” लाग्न सक्ने स्थिति देखिएको हो ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको छ भने नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने(लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले ‘लु’लाग्छ) सम्भावना हुन्छ। ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ।

सामान्यतया तराइमा गर्मी बढेसँगै तातो हावा चल्न थाल्छ र सोही हावाका कारण लु लाग्ने गर्दछ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। बिहीबार मात्र टीकापुरमा ४५.२ डिग्री सेल्सियस मापन भएको थियो।

पश्चिम तराईसँगै उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शुक्रबार पनि नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस मापन भएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...