Thursday 18th June 2026

संखुवासभा समाज कुबेत गठन-अध्यक्ष विजय लामा


कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु जन्मेको संखुवासभा जिल्ला लाई सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र प्रबासी संखुवासभाली हरुको हर सुख दु:खमा सक्दो साथ दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या परोक्ष रुपमा सहकार्य गर्ने उद्देश्यका साथ आज अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुसभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)अध्यक्षत्मा (१३ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ।

संखुवासभा समाज कुबेतको कार्यकारिणी समितिमा निम्न पदाधिकारिहरु चयन भएका छन्:
अध्यक्ष – बिजय कुमार तमाङ
उपाध्यक्ष – सरोज तमाङ
महिला उपाध्यक्ष – रोसिका गुरुङ
सचिव – बिमल श्रेष्ठ
सहसचिव – दिल कुमार तमाङ
कोषाध्यक्ष – पूजा तमाङ
सह-कोषाध्यक्ष – शंकर घिमिरे
सदस्य – प्रेम जिमी
सदस्य – सन्जय लिम्बु
सदस्य – लाल ब तमाङ
सदस्य – बिस्नु तमाङ
सदस्य – जीवन कुमार लिम्बु
सदस्य – सुरेश गुरुङ
समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने संखुवा समाज कुवेतको योजना रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...