Sunday 2nd November 2025

स्वीडेनको संसदद्वारा लिङ्ग परिवर्तन सम्बन्धी कानुन पारित


स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो। ६ घन्टा लामो बहस पछि २३४ जना सांसदले उक्त कानूनको पक्षमा मतदान गरेका थिए भने ९४ जनाले विपक्षमा मतदान गरेका थिए। २४ जना सांसद भने अनुपस्थित थिए।

कानून अनुसार अब १६ वर्षमै लिङ्ग परिवर्तन गर्न पाउने छन् तर त्यसका लागि अभिभावक, डाक्टर र नेशनल बोर्ड अफ हेल्थ एन्ड वेलफेरसँग अनुमति लिनु पर्नेछ।

यसअघि डेनमार्क, नर्वे, फिनल्यान्ड र स्पेनमा लिङ्ग परिवर्तन सम्बन्धी कानून लागू भइसकेको छ भने जर्मनीले गत शुक्रवार यस्तै मिल्दोजुल्दो कानून पारित गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...