Tuesday 17th February 2026

अमेरिकामा आप्रवासीका लागि काम गर्ने अनुमति समय विस्तार गर्ने घोषणा


हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भिसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ। यसले काम गर्ने अनुमतिको लागि मुख्य रूपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ।

टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (ईएडीएस)का लागि स्वचालित १ सय ८० दिनको अवधिलाई ५ सय ४० दिनसम्मका लागि विस्तार गरेको छ। यो नियमले अघिल्लो १२ महिनाको कर्मचारीको कागजात प्रमाणीकरण (ईएडीएस)का लागि छोटो पारिएको समयसमेतलाई सम्बोधन गर्छ।

बिहीबार घोषणा गरिएको अस्थायी उपायले पहिले नै कार्यकारी तथा गैर–नागरिकहरूको रोजगार प्राधिकरण र कागजात समाप्त हुनबाट रोक्नेछ। अमेरिकी नागरिकता र अध्यागमन सेवाले उनीहरूको विचाराधीन कागजात प्रमाणीकरण नवीकरण आवेदनहरूको निर्णय गर्न पर्खिरहेका छन्।

यसै सम्बन्धमा अमेरिकी रोजगारदाताहरूका लागि भने सञ्चालनको निरन्तरता सुनिश्चित छ। अर्थतन्त्रलाई समर्थन गर्दै कार्यबलमा कार्यरत व्यक्तिहरूलाई सुविधा प्रदान गर्ने बाइडेन प्रशासनको पछिल्लो कदम हो। दक्षिण एसियाली आप्रवासीहरूलाई लाभान्वित गर्ने यो ऐतिहासिक घोषणाले ह्वाइट हाउस एसियाली अमेरिकी र हवाई प्यासिफिक आइल्यान्ड (एएएनएचपीआई) कमिसनमा राष्ट्रपति बाइडेनका सल्लाहकार अजय भुटोरियाले गरेको सिफारिसलाई अनुसरण गरेको देखिन्छ। भुटोरियाको प्रयासले आप्रवासन सुधार र ग्रिन कार्ड पर्खाइलाई घटाउने लक्ष्य राखेको छ। यसबाट १० लाखभन्दा बढी दक्षिण एसियालीहरू लाभान्वित भएका छन्।

ह्वाइट हाउस एएएनएचपीआई आयोगलाई उहाँको अघिल्लो सिफारिसहरूले संयुक्त राज्य अमेरिकाभित्र अस्थायी भिसाका लागि आन्तरिक नवीकरण गर्न प्रमुख परियोजना सुरु गर्न नेतृत्व गरेको हो।

यूएससीआईएसको घोषणा आप्रवासी समुदायलाई प्रभाव पार्ने नीतिहरूलाई आकार दिन सामुदायिक वकालत र सहयोगी प्रयासहरूको प्रभावको प्रमाण हो।

गत वर्ष, यूएससीआईएस कार्यबलले योग्य व्यक्तिहरूमा कामको पहुँच सुधार गर्ने समग्र लक्ष्यलाई समर्थन गर्दै धेरैजसो रोजगार प्राधिकरण कागजात भएको समूहका लागि भिसा समय घटाएको छ। यद्यपि, नवीकरण संयन्त्रलाई असर गर्ने रोजगार प्राधिकरण आवेदनहरूको रेकर्ड संख्या पनि प्राप्त गरेको यूएससीआईएसका निर्देशक उर एम जादोउले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

विद्यमान अस्थायी स्वचालित विस्तारलाई ५ सय ४० दिनसम्म लम्ब्याउँदा रोजगार प्राधिकरणहरूमा त्रुटिहरूबाट बच्न सकिन्छ। यो घोषणाले सार्वजनिक टिप्पणीहरू मागेर दीर्घकालीन समाधानहरू विचार गर्न अतिरिक्त मार्ग प्रदान गर्दछ।

यसैगरी, रोजगार प्राधिकरणका लागि योग्य गैरनागरिकहरूले लाभ कायम राख्न सक्छन् भन्ने सुनिश्चिततासहित नयाँ रणनीतिहरू पहिचान गर्दछ। जसमा शरणार्थीहरू स्थायी निवासका लागि आवेदन दिने विदेशी नागरिकहरू परिवर्तनका दुई मुख्य लाभग्राही वर्गहरू हुनेछन्। यूएससीआईएसका प्रवक्ताका अनुसार नयाँ नियम लागू नभएमा ८ लाख आप्रवासीहरू रोजगारी गुमाउने जोखिममा थिए।

‘द हिल’का अनुसार बाइडेन प्रशासनले। सन् २०२३ अक्टोबर २७ सम्मका लागि २०२२ मा गरिएको प्रारम्भिक विस्तार समाप्त भएपछि यो दोस्रो पटकको लागि ५ सय ४० दिनको म्याद थप गरेको घोषणा गरेको हो। नयाँ विस्तार २०२२ द्वारा सम्बोधन गरिएका सबै प्रकारका आप्रवासी स्तरहरूमा लागू हुनेछ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

प्रतिकृयाहरू
...