Friday 2nd January 2026

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु


दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो। त्यो बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेका थिए।

दक्षिण अफ्रिकाको सरकारी प्रसारक एसएबीसीका अनुसार बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको थियो। बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...