Thursday 18th June 2026

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु


दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो। त्यो बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेका थिए।

दक्षिण अफ्रिकाको सरकारी प्रसारक एसएबीसीका अनुसार बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको थियो। बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...