Wednesday 30th September 2026

बाल्टिमोरमा पानी जहाजले ठक्कर दिंदा ३ कि.मी. लामो पुल भत्कियो


संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ। स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो। उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसारबाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिज भत्किएपछि छ जना बेपत्ता छन् । उद्धार टोलीले पानीमा हराइरहेका मानिसहरुको खोजी जारी राखेका छन् । मंगलबार बिहान एउटा कार्गो जहाज पुलमा ठोक्किएको समयमा आठजना पुलमा सवार थिए । तीमध्ये दुईजनालाई पानीबाट बचाइएको थियो । अधिकारीहरूले इन्फ्रारेड र साइड-स्क्यान सोनार प्रविधि प्रयोग गरेर पानीमा डुबेका तीनवटा यात्रुवाहक सवारी, एउटा सिमेन्टको ट्रक र पाँचौं गाडी भेट्टाउन सफल भएका छन् ।

मेरिल्याण्डका गभर्नर वेस मूरले पुलसँग ठोक्कनुअघि जहाजका चालक दलले “मेडे” कल जारी गरेको बताए। भिडियोमा जहाजले ठोक्किएपछि १.६ माइल लामो, चार लेनको पुल भत्किएको देखाइएको छ।
यो पुल पटापस्को नदीमा फैलिएको छ र बाल्टिमोर बन्दरगाहको सबैभन्दा बाहिरी क्रसिङको रूपमा काम गर्दछ। यो Interstate-695, वा बाल्टिमोर बेल्टवे को एक आवश्यक लिङ्क हो। यस पुलबाट दैनिक ३५००० बढि मानिसहरू ओहोरदोहोर गर्ने गर्दछन् ।

बन्दरगाह प्राधिकरणका अनुसार DALI नामको उक्त कार्गो जहाज सिंगापुरमा दर्ता भएको जहाज हो। पुलमा ठोक्किनु अघि उक्त कार्गो जहाजको सबै विद्धुतीय उर्जा बन्द भएको बताइएको छ । जहाज डेनिस शिपिंग कम्पनी मार्स्क द्वारा चार्टर्ड गरिएको थियो र उनीहरूका ग्राहकहरूको कार्गो बोकिरहेको थियो ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...