Wednesday 30th September 2026

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन् ।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो पटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।

लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । दिल्लीमा मुख्यमन्त्री निवासबाहिर पार्टीका नेता कार्यकर्ताको भिड लागेको छ । पार्टीका वरिष्ठ नेताहरूले पक्राउ परे पनि केजरीवाल मुख्यमन्त्री पदमा रहिरहने दाबी गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...