Monday 8th December 2025

बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो


मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७ जना र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । प्रहरीले मृतक ३ महिला र ५ पुरुष रहेको जनाएको छ भने उनीहरुको नाम ठेगाना भने खुलाइएको छैन ।

रुकुम पश्चिमबाट सोमबार बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रुबाहक बस साँझ ५ बजेर २० मिनेटमा उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस सडकदेखि १ सय ५० मिटर तल भिरको खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो ।

घाइतेहरू अधिकांश गम्भीर घाइते भएकोले राती नै पोखरा पुर्‍याउने काम सुरु भइसकेको छ । उद्दारका लागि सदरमुकाम बागलुङबाट एम्बुलेन्स, प्रहरी र सेनाका गाडी बुर्तिवाङ गएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत – “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूले किरातीहरूको महान…

B Izzak द्वारा/ कुवेत: फिलिपिन्सका आप्रवासी कामदार विभागका सचिव हान्स लियो क्याकडाकले कुवेतमा प्रवासी कामदारहरूको लागि आश्रयस्थलको भ्रमण गरे र…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार घोषणा गरे कि उनले गाजाको लागि अमेरिका द्वारा प्रायोजित युद्धविराम योजनाको दोस्रो चरण चाँडै सुरु…

प्रतिकृयाहरू
...