Tuesday 18th August 2026

कुवेतमा भोलिदेखि नेपाली चलचित्र‘अगस्त्य’ प्रदर्शन हुने


कुवेतमा भोलिदेखि नेपाली चलचित्र‘अगस्त्य’ प्रदर्शन हुने भएको छ । कुवेतको इतिहासमा पहिलो पटक सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले सिनेस्केप अन्तरर्गत बक्सअफिसमा नेपाली चलचित्र प्रदर्शन गर्न लागेको हो । विगतमा चलचित्र च्यारिटि शोहरु भने गरिएको थियो ।

निरेम प्रोडकसनका प्रेम जिमिका अनुसार “ अगस्त्य” भोलिबाट कुवेतका तिन शहरहरु फाहेलको एजियाल मल , साल्मियाको अलफनार मल र खैतान स्थित त्रियोमलमा रहेको ओजन सिनेमाहलमा प्रदर्शन हुनेछ । सिनेस्केपको समय ९ बजे वेलुकी रहेको छ भने ओजन सिनेमामा ८ः३० बजे बेलुकी चलचित्र लाग्ने छ । टिकटको लागि काउन्टर बाटै लिन सकिन्छ भने अग्रिम बुंकिगको लागी सिनेस्केप र ओजन सिनेमाको एप तथा वेबसाईड गएर लिन सकिने छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ।…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्य गर्न ‘आत्मसमर्पणको सेतो झण्डा उठाउन’ आग्रह गरेका छन्। अमेरिका र इरानबीच भएको ६०…

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

प्रतिकृयाहरू
...