Friday 30th October 2026

कुवेतमा भोलिदेखि नेपाली चलचित्र‘अगस्त्य’ प्रदर्शन हुने


कुवेतमा भोलिदेखि नेपाली चलचित्र‘अगस्त्य’ प्रदर्शन हुने भएको छ । कुवेतको इतिहासमा पहिलो पटक सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले सिनेस्केप अन्तरर्गत बक्सअफिसमा नेपाली चलचित्र प्रदर्शन गर्न लागेको हो । विगतमा चलचित्र च्यारिटि शोहरु भने गरिएको थियो ।

निरेम प्रोडकसनका प्रेम जिमिका अनुसार “ अगस्त्य” भोलिबाट कुवेतका तिन शहरहरु फाहेलको एजियाल मल , साल्मियाको अलफनार मल र खैतान स्थित त्रियोमलमा रहेको ओजन सिनेमाहलमा प्रदर्शन हुनेछ । सिनेस्केपको समय ९ बजे वेलुकी रहेको छ भने ओजन सिनेमामा ८ः३० बजे बेलुकी चलचित्र लाग्ने छ । टिकटको लागि काउन्टर बाटै लिन सकिन्छ भने अग्रिम बुंकिगको लागी सिनेस्केप र ओजन सिनेमाको एप तथा वेबसाईड गएर लिन सकिने छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...