Wednesday 25th March 2026

नेटो सेना रूससँग लडन आए आणविक युद्द हुने पुटिनको चेतावनी


राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्दलाइ निम्ताउन खोजिरहेको आरोप लगाएका छन । एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ । र, उनले आफनो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका छन्।
युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल संकट पछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब संकट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन । तर, पुटिनले त्यसको प्रतिबाद गर्ने जनाएका छन् ।
पुटिनले पहिले नै नेटो र रूस बीचको प्रत्यक्ष टकरावको खतराको बारेमा बोलेका थिए तर बिहीबारको आफनो भाषणामा भने उनले आणविक युद्दको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्ट मध्ये एक मानिएको छ ।

रूसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्षिया पुटिनले पश्चिमा देशले रूसलाई कमजोर पार्ने कोशिश गरिरहेको पनि आरोप लगाएका छन । उनले आफ्नो आणविक चेतावनीलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा भू–सेना पठाउने युरोपेली नेटो सदस्यहरूको विचारलाई विशेष सन्दर्भमा प्रस्तुत गरेका छन । फ्रान्सेली राष्ट्रपतिको सुझावलाई तत्काल संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्यले तुरुन्तै अस्वीकार गरेका थिए ।

मार्च १५–१७ को राष्ट्रपति चुनाव अघि बोल्दै जब उनी अर्को ६ वर्षको कार्यकालको लागि पुनः निर्वाचित हुने निश्चित छन्, उनले रुसको विशाल आधुनिक आणविक हतियार संसारमा सबैभन्दा ठूलो भएको कुराको प्रशंसासमेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...