Sunday 5th October 2025

बाँकेमा साइकलमा घर पुर्याइदिन्छु भन्दै ६ वर्षीया बालिकामाथि बलात्कार


तितोपाटी – बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय कोलहपुरले २० बर्षिय हरुन खानलाई नियन्त्रणमा लिएको छ । बलात्कृत बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ‘अभियुक्तलाई हामीले नियन्त्रणमा लिएका छौं’ डिएसपी सिंहले भने, ‘घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।’

खानले बालिकाको आमालाई उनको घरमा लगेर छाडिदिन्छु भनेर साईकलमा लगे पनि आफ्नै घरतर्फ लगेर बलात्कार गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

प्रतिकृयाहरू
...