Friday 7th November 2025

तोटक छन्दमा कविताः पुस्तक -गुणनिधि घिमिरे


पुस्तक
छन्द – तोटक १२ अक्षर
यययय
।।ऽ ।।ऽ ।।ऽ ।।ऽ

सुन निर्मल ज्ञान त दिन्छ कति
बुझ शास्त्र विचारित काव्य जति ॥

पढ पुस्तक लौ रसपान लिँदै
अरुमा पनि शब्द सिकाइ दिँदै ॥

प्रविधा जति छन् उति नै रसका
विधिमा रसिला कविता जसका ॥

भन भाग्य जता मन कुद्छ उतै
सबमा करुणा गर लौ बहुतै ॥

रसिला कविता पढियो सुनियो
रसले सरिता विचमै थुनियो ॥

अझ मानव जीवन यो धनमा
किन लम्कि गयो बुझ है मनमा ॥

यसरी उसरी जसरी तसरी
भइ काव्य कवि कविका रसरी ॥

दिनमा अनि रातभरी पढियो
कविका कविता अनि ज्ञान लियो ॥

-गुणनिधि घिमिरे
अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...