Friday 17th May 2024

९ जना पञ्चाङ्गकारहरूको उत्कृष्ट पञ्चाङ्गहरू


पपञ्चाङ्ग ०१
१)
काम समाऊ साथी
दाम जमाऊ साथी
मरी लानु के छ र ?
आफू रमाऊ साथी
नाम कमाऊ साथी ॥
२)
सानोतिनो जे भेटिन्छ काम समाऊ साथी
मेहनत गरिकन दाम जमाऊ साथी
आखिरीमा मरिन्छ नै मरी लानु के छ र ?
परिवारमा मिलेर आफू रमाऊ साथी
भविष्यसम्म रहने नाम कमाऊ साथी ॥

💢गुणनिधि घिमिरे,अमेरिका ।

पञ्चाङ्ग ०२

बाबाले भानुहुन्छ दाम कमाउ भनेर
आमाले भन्नुहुन्छ नाम कमाउ भनेर
माया बाबाकोभन्दा आमाको रहेछ धेरै
साथिले भन्ने गर्छन् ठाम कमाउ भनेर
सबैले भन्छन् तैले काम कमाउ भनेर ।

💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ०३

दुखमा मिलेर काम गरौँला आमा
दाजुभाइले मानो भरौँला आमा
पाखुरामा बल मनमा आँट छ नि
सहयोग गर्न अघि सरौँला आमा
बाँझो खेतलाई जोति छरौँला आमा ।

💢सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग ०४

तिमी पनि यतै आउ साथी अभ्यासमा जुटौं हामी
अभ्यास गरि गरि सफलतालाई नै लुटौं हामी
सुति सुति खाने हैन सक्रिय जीवन जिउने हो
दिमाग अझ काँचै पो भए कराहीमा भुटौं हामी
आलस्य र अल्छिपनलाई अहिले नै चुटौं हामी।

💢पशपती राई, खोटाङ ।

पञ्चाङ्ग ०५

जसलाई आफ्नो सम्झन्छु खाेज्छ भाउ सधैं
पाइला पाइला स्वार्थको थाप्छ दाउ सधैं
स्वार्थीलाई जती गरे पनि हुदैन खुशी ,
सक्छौ भने अझै के मेरो खाने खाउ सधैं
साेचे जस्तो त नहुने कहिल्यै जाउ सधैं ।

💢राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।

पञ्चाङ्ग ०६

जालझेल गरी कसैलाइ फसायौ भने
आलोचना गरेरै भए नि खसायौ भने
भगवानले तिमीलाइ माफी दिने छैनन्
विषालु साँपले झैं उस्लाइ डसायौ भने
कोमल नयन ती आँसुले रसायौ भने।

💢सरिता सेढाई, धादिङ।

पञ्चाङ्ग ०७

पञ्चाङ्ग लेखी केही काम गर्न चाहन्छु
खाली ठाउँमा आमालाई भर्न चाहन्छु
मलाई आँखा तर्नेहरूलाई छोड्दिन
उस्को सामु खुशीको जाम छर्न चाहन्छु
म उबाट टाढा बसाई सर्न चाहन्छु।

💢सुष्मा मगर, रोल्पा ।

पञ्चाङ्ग ०८

हाँसीखुशीमा रमाएर काम गरौंला हामी
हातमा हात समाएर बेंसी झरौंला हामी
दुईदिनको जिन्दगी मरी लानु के रहेछ
दुःख सुख जंघार सँगसँगै तरौंला हामी
मनमा शीतलता दिने जल छरौंला हामी।

💢सुशीला पौडेल ।

पञ्चाङ्ग ०९
०१)
काला देखिएका सेता भए
काेही उता काेही यता भए
जम्कियाे पञ्चाङ्ग बेजाेडले
पकडे माइक नेता भए
अलङ्कार भर्ने वेत्ता भए ।

०२)

टेकेकाे छ गाेडा बाटाेमा हल्ला नगर
टेकेकाे छ गाेडा माटाेमा हल्ला नगर
बाटाे छाेड्ने त लड्ला घुँडा धस्ने लड्दैन
मलम लगाछु खाटाेमा हल्ला नगर
पाइला बढ्दैछ साटाेमा हल्ला नगर ।

💢भवानी घिमिरे, सर्लाही ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...