Saturday 23rd August 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मेरो मनमा तिम्रो मुस्कान…


मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ
तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ
एक सुन्दर दृश्य मनमा घुमिरहन्छ
धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ 
 
मेरा सोच र सपनाले मन भरिएको छ
म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ
तिमि बाट केही नयाँ कुरा सिक्नु छ
सङ्घर्ष र पसिनाले जीवन सजिने छ 
 
शब्दहरूले व्यक्त गर्नु भन्दा बढी माया गर्छु
तिमि मेरो हौ मैले जान्न चाहन्छु
मैले जे गर्छु तिम्रो लागि गर्नेछु
तिमि नै हौ मेरो मनबाट माया गर्ने मायालु
 
मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ
तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...