Monday 27th July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः म एक नेपाली हुँ…


म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ
देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ
मेरो मनमा देशको माया सधैँ रहिरहन्छ
म गर्व गर्छु देशको माया मनमा राख्नु छ   
  
मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ
प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ
मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो
मैले दृढ हृदय र आत्माले देशको सेवा गर्नुपर्ने भो
 
हाम्रो आफ्नै भाषा र विशेषता छ 
शत्रुहरूबाट देशको रक्षा गर्नु छ
म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ
देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...