चित्रमा पञ्चाङ्ग
===========
भाग: ९६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१०/०३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
गुणनिधि घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
सुनकोसीको छेउमा मेरो सानो एउटा घर छ
बर पिपलको छहारी छ मलाई केको डर छ
खोला पारी भित्ता जङ्गलबाट चिसो हावा आउँने
आफ्नै खुसीमा रमाउँदैछु नत कसैको कर छ
न ता गाई भैँसी दुहुना हुनु न ता घिऊ तर छ ॥
गुणनिधि घिमिरे अमेरिका
पन्चाङ्ग २
यति राम्रो चिटिक्कको कसको होला यो घर भन
यस्तो घरमा बस्न पाए मलाई के को डर भन
तल बग्ने सुनकोशीमा तारे भिरको छाया मात्र
जताततै हरियाली ~ पिपलसँगै छ वर भन
यही घरको पाली माथी के को रहेछ चर भन ।
भवानी पोखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु
पञ्चाङ्ग ३
हेरिरहुँ जस्तो मिलेको घर रहेछ
गाउँ हेर्दा पनि सार्है सुन्दर रहेछ
प्राकृतिक दृश्यले नि मनै लोभ्याउने
त्यही उब्जेको अन्नकै पो भर रहेछ
अनि पिपल भन्दा धेरै वर रहेछ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ४
विगतको सम्झनाले उस्तै याद आउने गर्छ
मनको आश्वसनले अर्को मन धाउने गर्छ
मिठा बाेलीले अढाएपछि,कुरा बढाएपछि
देशको माया छोडी अनेत्र कर्म लाउने गर्छ
राष्ट्रका गीतहरू अब कसले गाउने गर्छ ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
सुन्दर छ गाउँ पहाडी धरामा
सजेको छ ठाउँ पहाडी धरामा
को चाहँदैन होला त्यो ठाउँ घुम्न
नदीमा छ नाउँ पहाडी धरामा
राख्नु पर्छ नि पाउँ पहाडी धरामा ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ६
स्वर्गभन्दा प्यारो भन्दै त्याग्छन् गाउँको घर
टाकटुक पैसा गन्दै त्याग्छन् गाउँको घर
बेकारमा दही चिउरे कुरा किन गर्नु
गाउँलेको खैरो खन्दै त्याग्छन् गाउँको घर
झ्याल र ढोका नबन्दै त्याग्छन् गाउँको घर ।
• देवी पन्थी
पञ्चाङ्ग ७
हरियाली प्रकृतिको सुन्दर ठाउँ कस्तो राम्रो
त्यही ठाउँमा बसेको मिलेको गाउँ कस्तो राम्रो
विकृतीको जरो गड्यो शान्तिसँग बसौँ कसरी
सुन्दरताको दृश्य सचित्रको भाउ कस्तो राम्रो
जङ्गल वरिपरि हेर्नेलाई नै दाउ कस्तो राम्रो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग ८
सुख्खा भुमी बगाई लगेर बाढी बन्छ जहर यहाँ
थाम्दैन माटोले लगातार बर्षातको कहर यहाँ
बोटबिरुवा रोपेर जङ्गल जोगाईयो भने चाहिँ
मनै लोभ्याउने बन्छ है सुन्दरताको शहर यहाँ
प्रकृतिको बगैंचामा रमाउन लाग्छ रहर यहाँ ।
सीमा कार्की समर्पण
पर्सा जिल्ला ठोरी गाउँपालिका
वाड नमः ४ मेलचोक
पञ्चाङ्ग ९
चिनाउने परिचय सबैलाई नाउँ प्यारो
जन्मदिने आमा जस्तै जन्मथलो गाउँ प्यारो
उकाली ओराली गर्दै गोठालो जाँदाको याद
लड्दै बढ्दै रुँदै हाँस्दै बिताएको ठाउँ प्यारो
आमाले बनाएको आँप लप्सीको पाउँ प्यारो ।
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग १०
यो रमणिय ताल सहितको गाउ छ यहाँ
बिश्वमै उत्कृष्ट नेपाल देश नाउ छ यहाँ
मान सुनकै थाली सुनकै छ कचौरा हाम्रो
जंगल जडिबुटी अमृतको भाउ छ यहाँ
सम्पन्न धनी देश बनाउने दाउ छ यहाँ ।
गणेश पौडेल
कालिका ६ चितवन ।
पञ्चाङ्ग ११
प्राकृतिक सुन्दरताले भरिएको गाउँ हेर
शिरमा सेतो हिमाल टल्टल्टल्केको ठाउँ हेर
हेर्दै बसौं बसौं लाग्ने रहेछ मनै लोभ्याउने
त्यस्तो ठाउँमा गई बस्न महँगोछ भाऊ हेर
आँखाको रमिताको लागि भए पनि जाउँ हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १२
बग्दैनथ्यो आमाको आसु छोराले यहीँ बस्ने रहर पालेदेखि
उज्यालो हुने थियो झुपडी पनि उसैले साँझ दियो बालेदेखि
अकालमा ज्यान जाने थिएन, बालबच्चा टुहुरा हुने थिएनन्,
आफ्नै माटोलाई कोरीबाटी गरी श्रम र पसिनाले गालेदेखि
अमुल्य रत्नहरु भेटिन्थ्यो यही कोसीको नै बालुवा चालेदेखि ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १३ (झ्याउरे लयमा)
चौतारी तल सुन्दर घर बनाओैँ कसरी
खस्किन कैले नदिउँ मैले बचाओैँ कसरी
जहिले पनि चिन्तामा हुन्छु सुन्दर घट्छ कि
हरियालीको सान छ आफ्नै बसाओैँ कसरी
पर्यटकको भ्रमण नित्य बढाऔँ कसरी ।
सुरेश चन्द्र घिमिरे
लमजुङबाट
पञ्चाङ्ग १३
सुन्दर छ मेरो गाउँ के भन्नू
स्वर्ग जस्तै पो छ ठाउँ के भन्नू
अरुले जेसुकै भन्दै गरुन् हो
तर्नुछ खोलाको साउँ के भन्नु
सुन्दा नै काफी छ नाउँ के भन्नू ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग १४
आहा कति सुन्दर ठाउँ लग्यो
आफु पनि तेतै गैजाऊ लाग्यो
हरियाली छ खोलाकै ढिकमा
त्यो ठाउको ठेकाना पाउँ लाग्यो
कति रमाइलो त्यो गाउँ लाग्यो ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग १५
पिपल छेउमा बर राम्रो हुन्छ
गाउँको सुन्दर घर राम्रो हुन्छ
ढुङ्गालाई माटो माटोलाई ढुङ्गा
एकमा अर्काको भर राम्रो हुन्छ
नेपालीको सौम्य थर राम्रो हुन्छ ।
– आर्त अकुलीन
पञ्चाङ्ग १६
प्रकृतिको काखमा सुन्दर घर देखियो
प्रकृति र बासस्थान बिच भर देखियो
कसलाई मन पर्दैन कलात्मक ठाउँ
फुलबारीमा हेर पिपल, बर देखियो
आहा नि संन्सार चिहाउने चर देखियो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १७
बोक्नु छ परदेशमा भारी साहुको कति बयान गरुँ
मेरा छीमेकीहरु र आमा बाउँको कति बयान गरुँ
बोलने फुर्शद नै मीलदैन पराईको चाकरी गरेपछी
मेरो जन्मभुमी अनी प्यारो गाउँको कति बयान गरुँ
मुटुमा राखेरको त्यो सन्दर ठाउँको कति बयान गरुँ
@मनोज राना सल्यानि
बन्गाड कुपिण्डे ३
सल्यान
पञ्चाङ्ग १८
कुन ठाउँ छ जो सुन्दर हेर्दा खास लाग्छ
आफ्नो पनि यस्तै भइदिए त आश लाग्छ
तुलना गर्दा सबै ठाउँ बेग्लै भए राम्रो
विकट र दुर्गम ठाउँ छन् विनाश लाग्छ
भाषण सुन्दा नेताको मीठो आभास लाग्छ ।
सविता के.सी.