Sunday 4th October 2026

“कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४” को उपाधि आयोजक कल्याणकारीलाइ


तीतोपाटी – “कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४” हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो ।

भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रण ध्वज लामाको प्रमुख अातिथ्यता, अल मुजैनी एक्सचेन्ज कुवेतका एरिया मेनेजर नन्द कुमार Mr. Nanda Kumar, जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही, एनआरएनएका संरक्षक राजेन्द्र तामाङ, एनअारएनएका उपाध्यक्ष होमनाथ गिरिको विशेष अातिथ्यता तथा विभिन्न संघ संस्थाका पदाधिकारी, प्रतिनीधिहरूको अातिथ्यता तथा खेल मैदानको वरपर खचाखच भरिएका दर्शकहरूका माझ शुभारम्भ भएको थियो ।

कल्याणकारी विजेता बनेको उक्त भलिबल प्रतियोगितामा लुम्बिनी समाज भलिबल टिम उप-विजेता बनेको थियो भने लाफा कुवेत भलिबल तेश्रो बनेको थियो ।
विजेता, उप-विजेता तथा तेश्रो हुने टिमहरूलाइ क्रमशः २०१ केडि, १५१ केडि र ७६ केडि नगद पुरस्कार प्रदान गरिएको थियो भने चाैथो भएको फर्वानिया भलिबल टिमको टिम दर्ता शुल्क फिर्ता गरिएको थियो ।

प्रतियोगितामा कल्याणकारी भलिबल टिमका सरू मोदी उत्कृष्ट खेलाडी, लुम्बिनी भलिबल टिमका अचुत श्रेष्ठ उत्कृष्ट स्पाइकर, कल्याणकारीका नबिन भट्टराइ उत्कृष्ट ब्लकर घोषित भएका थिए ।

विजेता, उप-विजेता र तेश्रो हुने टिमहरू तथा उत्कृष्ट खेलाडीहरूलाइ ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको उक्त भलिबल प्रतियोगितामा Al Muzaini को मार्केटिङ टिमबाट विशेष आकर्शक गिफ्ट ब्यागहरु, कर्पोरेट क्यालेन्डर विशेष दर्शकहरुलाइ उपहार स्वरुप प्रदान गरिएको थियो । कुपन भर्ने दर्शकहरुबिच राफल छनोटको आधारमा दुइजना बिजेताहरुलाइ प्रति बिजेता २५ केडिका दरले पुरस्कृत गरिएको थियो । यसपालीको कल्याणकारी -मुजैनी भलिबल प्रतियोगिताको उद्घाटन फरक ढङ्गबाट ५००० दर्शकको उपस्थितीमा फाइनल खेल सँगै भएको थियो ।

हजाराैं दर्शकहरूका बिच खेलाइएको भलिबल खेलको सह प्रायोजकमा फ्रेन्डी मोबाइल कम्पनी र एलाइन्स नेपाल कार्गो प्रालि रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...