Sunday 7th June 2026

पोखरामा शीत लोकार्पण


नारायण कोइराला – नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति “आहा” लोकार्पण भएको छ । अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा प्रकाशित एवं अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कृति “आहा ” को पोखरामा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद श्याम राजा महत, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख जर्ज जोन र शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा संयुक्त रूपमा लोकार्पण गरियो ।

“आहा” शीत कृतिभित्र १४१४ वटा शीत संग्रह प्रकाशित गरी लेखक कवि देशभक्त सिंह कुँवर ईश्वरको रूपमा प्रतिष्ठापित भए । समारोहमा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी ,, लगायतको चौथो शीत ईश्वरको रूपमा कवि कुँवरलाई दोसल्ला र सम्मानपत्रद्वारा चौथो शीत ईश्वरको रूपमा अभिनन्दित गरियो । शीतको नियम संरचना अनुसार १००८ भन्दा बढी शीत लेखी प्रकाशित गर्ने साधकलाई शीत ईश्वरको पदवीद्वारा विभूषित गरिन्छ । यसअघि प्रथम:शीत ईश्वर कृष्ण के सी ,द्वितीय शीत ईश्वर इन्दिरा ज्ञवाली पौडेल र तृतीय शीत ईश्वर शारदा ज्ञवाली ढकाल भइसकेका छन् ।कृति प्रकाशित गर्ने शीत साधकहरूमा देवेन्द्रराज शाक्य , लव जोशी, धर्मी शाक्य , शोभा गौतम र पुष्कर अथक रेग्मी रहेका छन् ।

हालसम्म शीत काव्यको क्षेत्रमा ९ वटा शीत काव्य कृति प्रकाशित भइसकेका छन् भने पत्र पत्रिका संगालो एवं सामाजिक संजालहरूमा थुप्रै शीत काव्यहरू प्रकाशित भएका छन्।
समारोहमा शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी ,गायककार रामभक्त जोजु,न्यायिक व्यक्तितब भूपनीधि पन्त ,शिक्षासेवी तोयनाथ लामिछाने ,गीतकार विश्वराज रसाइली ,गायिका सबिता सुनाम , समाजसेवी बिश्वमोहन गौचनदर विजय सुवेदीलाई पदक सम्मान गरियो ।

प्रा. डा. यमबहादुर पौडेलद्वारा कार्यक्रमको ओैचित्यता , शीत कृति आहा र शीत काव्यको सम्बन्धमा चर्चा गरिएको थियोे भने कार्यक्रममा शिक्षाविद एवं साहित्यकार क्षेत्र बहादुर कुँवर, प्रेमराज अधिकारी , ढाका भट्टराई , यादव भूर्तेल, ढाका थापा,सुरेन्द्र थापा, तिलक पराजुली ,म्याक गुरूङ, रीता पहारी, नारायण कोइराला , दिलिप राई, असफल गौतम,नवीन गुरूङ लगायतका साहित्यकार / कलाकार / अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

शीत ईश्वर देशभक्त सिंह कुँवर, तोयनाथ लामिछाने, विश्वमोहन गौचन,जर्ज जोन , पुष्कर अथक रेग्मी वाट शुुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रमको समापन सभाध्यक्ष प्रा .डा. कृष्ण बहादुर के सी द्वारा भयो। कार्यक्रमको कुशल संचालन सफल उदघोषक देवेन्द्र ठकुरीले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

प्रतिकृयाहरू
...