Monday 5th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः राष्ट्रवाद र देशभक्ति


राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो
हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो
हामी कता जाँदै छौँ थाहा हुनुपर्छ
हामीले के गर्नुपर्छ भनेर हामीले जान्नुपर्छ ।।
 
यो देश जस्तो कुनै ठाउँ छैन स्वर्गको टुक्रा झैँ लाग्छ
मेरा शब्दहरू खोला झैँ बगाई रहु जस्तो लाग्छ
मेरो मन मेरो देश भित्र हराएको छ
मलाई मेरो देश प्यारो छ ।।
 
मेरो देशको माया कहिल्यै कम हुँदैन
सधैँभरि मेरो हृदयमा रहन्छ कहिल्यै कम हुँदैन
मेरो प्यारो देश  नेपाललाई दिल भित्र राखेको छु
म दृढ हृदय र आत्माले देशको सेवा गर्नेछु ।।
 
म घुँडा टेकेर मेरो देशको लागि कोमल प्रार्थना गर्छु
म मेरो देशलाई माया गर्छु
राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो
हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...