Sunday 21st September 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः राष्ट्रवाद र देशभक्ति


राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो
हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो
हामी कता जाँदै छौँ थाहा हुनुपर्छ
हामीले के गर्नुपर्छ भनेर हामीले जान्नुपर्छ ।।
 
यो देश जस्तो कुनै ठाउँ छैन स्वर्गको टुक्रा झैँ लाग्छ
मेरा शब्दहरू खोला झैँ बगाई रहु जस्तो लाग्छ
मेरो मन मेरो देश भित्र हराएको छ
मलाई मेरो देश प्यारो छ ।।
 
मेरो देशको माया कहिल्यै कम हुँदैन
सधैँभरि मेरो हृदयमा रहन्छ कहिल्यै कम हुँदैन
मेरो प्यारो देश  नेपाललाई दिल भित्र राखेको छु
म दृढ हृदय र आत्माले देशको सेवा गर्नेछु ।।
 
म घुँडा टेकेर मेरो देशको लागि कोमल प्रार्थना गर्छु
म मेरो देशलाई माया गर्छु
राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो
हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह…

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

प्रतिकृयाहरू
...