Thursday 6th November 2025

अब एसइईमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने


राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए ।
उनका अनुसार बोर्डले आगामी चैत १५ देखि २७ गतेसम्म नियमित तथा गे्रडवृत्ति परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक भइसकेको छ ।

यसवर्ष परीक्षामा सहभागी हुनेले प्रत्येक सैद्धान्तिक विषयमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान गरिएको उनले बताए । ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुनेछ ।

यसवर्ष एसइईमा नियमित र ग्रेडवृद्धि तर्फ समेत गरी ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । बोर्डले कक्षा ११ र १२ मा भने यसअघि नै लेटर ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...