Wednesday 1st July 2026

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी


मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिईसकेका छन् । ।
शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाएका हुन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो।
सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो। विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...