Wednesday 6th August 2025

एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता


उच्च अदालत पाटनले पनि एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

आज (मंगलबार) न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने पनि बताएको छ । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत दिएको हो ।


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...