Tuesday 26th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय एघार भाग (१११)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०९/०९
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : काँसी, घाँसी, टाँसी, दासी, फाँसी, बासी भासी मासी, हाँसी आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

अधिकारका कुरा, पछि पार्छन् दासी भन्छन्
रात रह्यो मार्सी चामल भात बासी भन्छन्
दबाउने उति शिक्षा दिने उस्तै हुन्न नी
कुण्ठामा डुबाएर राख्छन् अझ हाँसी भन्छन्
समताका कुरा नगर्नु बदमासी भन्छन् ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हिजोका कुरा आज बासी भए
नपढ्ने मान्छे जति घाँसी भए
पत्यारै लाग्नै छोडे सारा कुरा
जान्ने र सुन्ने झनै दासी भए
पढ्ने रहर सारा फाँसी भए ।
घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ३

खुसीसाथ हाँसी हेर
माया प्रेम गाँसी हेर
ढकमक रातो फूल
सौम्य फोटो टाँसी हेर
सत्य धर्म काँसी हेर ।

– आर्त अकुलीन

पञ्चाङ्ग ४

अमूल्य जिन्दगीलाई सुनौलो माया गाँसी देऊ
जिन्दगी भरी खुसी राख्न पीडा भित्र हाँसी देऊ
एक बारको जिन्दगी के हुन्थ्यो भर संसारमा
सम्झना स्वरूप यो तस्बिर छातीमा टाँसी देऊ
कुसंस्कार अन्त्य गर्न त्यो अहंकार मासी देऊ ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ५

सम्बन्ध जोडेर पनि धेरै नारीलाई तिरस्कार गरेका छन्
निजी स्वार्थका लागि मात्रै बहानामा बहिष्कार गरेका छन्
दोष आरोप लगाउन उत्साहीत मान्छे झन् कान खोली सुन्नु
प्रेम अनि विवाहको नाममा पनि त बलात्कार गरेका छन्
निर्दोष थुनामा दोषीले अपराध कहाँ स्वीकार गरेका छन् ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग ६

मैले सेवा गरे भने दासी नसम्झनु
रहरले लाको माया नासी नसम्झनु
परिस्थिति र समय अवश्य फर्किन्छ,
मन राख्न मुस्कुराए हाँसी नसम्झनु
मौकामा हिरा फोरेमा मासी नसम्झनु ।।

धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७

उकाली र ओरालि गर्दै नथाक्ने म घाँसी बरै
पीडा लुकाइ झुटो खुशि देखाउन हाँसी बरै
दुई छाक टार्न गार्हो नाङ्गो शरिर ढाक्ने केले
कसैले फाल्छन् छैन मेरो घरमा बासी बरै
हातमा पासो बोकेर झन्डै लगाको फाँसी बरै ।

संगीता खरेल
चन्द्रागिरी वडा नं ८ मातातिर्थ
काठमाडौँ

पन्चाङ्ग ८

यता पीर पर्दा उता हाँसी दिन्छन्
सन्चित राख्ने रकम मासी दिन्छन्
भरविश्वास छैन् हिजोआज कसैको
ननास भनेको चिजै मासी दिन्छन्
साजी हो भनेर भात बासी दिन्छन् ।

सूर्य गिरी,पोखरा

पञ्चाङ्ग ९

मीठो माया लगाई हाँसी देउन प्रिय
टुक्रा टुक्रा भयो मन् गाँसी देउन प्रिय
सोचेको थिए जिन्दगी राम्रो होला भन्ने
मेरो मन्को खुल्दुली नाँसी देउन प्रिय
राम्रा राम्रा जति छन् टाँसी देउन प्रिय ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

जुनीजुनी तिम्रै हुन्छु तिम्रै दिलमा टाँसि देउन सानू
तिम्रै दिलमा फुल्छु म त यौटा माला गाँसि देउन सानू
तिम्रो एक मुस्कानले मेरो संसार उज्यालो बनाउछ
त्यसैले तिमीले सधैं मुस्कान छाडि हाँसी देउन सानू
यो जीवनको अन्धकार तिमीले नै नासि देउन सानू !

-पशपती राई खोटाङ

पञ्चाङ्ग ११

सक्छौ भने गरिबसँगै बसेर हाँसी हेर
उनीहरूको दर्दनाक मर्म नै टाँसी हेर
तिम्रो झुटो आश्वासनले भएन कत्ति पनि
तन मन धन भोको पेटसँगै गाँसी हेर
कतै केही गर्न सक्दैनौ भने त काँसी हेर ।

काँसी=भारतको एक ठाउँ
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

मैले निस्वार्थ भावले सेवा गर्दा दाँसी भन्छन्
चाहिदो खर्च गर्दा पनि धेरै पैसा माँसी भन्छन्
हेर्नुस् कुँजालाई उठि सुख न बसि सख झै भो
धेरै काम गर्छु सधैं कामै छोडेर हाँसी भन्छन्
जाउ भन्दा मान्दैनन् फेरि कैले जानू काँसी भन्छन् ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १३
भेट्दामा ओठखोली मुसुक्क हाँसी दिनू
माया लाग्छ लुटुक्क छातीमा टाँसी दिनू
तिरस्कार अपमान नराखी मनमा
अवगुणमा सम्झाई रिस भासी दिनू
बोलाउँछन् गाईभैँसी घाँस छासी दिनू ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १४

देशभक्त देशको सधै मायाँ साँची हुन्छ
जता बसे पनि हृदय सँग गाँसी हुन्छ
देश छर पो नेपालीको पहिचान भयो
अखण्ड देश त इतिहाश नमासि हुन्छ
अरू देशमा देशद्र्हीलाई फाँशी हुन्छ ।

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

पञ्चाङ्ग १५

अब नि कति राख्छौ कुर्शी मोह टाँसी यहाँ
ज्ञान गुनका कुराहरु भए बाँसी यहाँ
देश लुटाउन विद्वान पनि मिले हेर ,
कार्तिकमा सर्प भने जान्छन् रे काँसी यहाँ
ल्याए स्वतन्त्रता संस्कारलाई माँसी यहाँ ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग १६

म आफैंले आफैंलाई मासी रहेछु
गलामा अड्किएको खासी रहेछु
यो बिचित्रको संसार देखेर आज
म आफू नै आफैं संग हासी रहेछु
समयानुकूल होइन म त बासी रहेछु ।

प्रदीप के रिमाल
इटहरी सुनसरी ।

पञ्चाङ्ग १७
पीडा भित्र पनि अलिकति हाँसी राख
निहालेर पवित्र सम्बन्ध गाँसी राख
पछाडि सानातिना कुराको खाँचो पर्ला
बितेका पलहरू छातीमा टाँसी राख
सोचेको गरेर, नचाहिँदो नाशी राख ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १८

अग्रगमन यो संस्कार संस्कृति मासी ठुलो हुने होर
विदेशी रीतिरिवाज भित्र्याएर हाँसी ठुलो हुने होर
हाम्रो परम्परागत सनातन धर्म प्राण भन्दा प्यारो
नेपालीको पहिचान छाडी बन्ने दासी ठुलो हुने होर
अपनत्व व्यक्तित्व छाडी अर्काको खासी ठुलो हुने होर ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १९

जीवन गुजार्नु पर्दछ हाँसी सधैँ
प्रकारी भावना मनमा टाँसि सधैँ
मनुष्य योनिमा हामी मात्र निमित्त
मनमा प्रभु जानुनपर्ने काशी सधैं
बस्नुनै राम्रो बनेर मृदु भाषी सधैँ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २०

माया गरी सेवा गर्दा दासी सम्झन्छन्
प्रेम पनि भात जस्तै बासी सम्झन्छन्
राम्रो भन्ने क्यै छैन झुटो संसार हो
डोरी दिँदा ज्यान लिने पासी सम्झन्छन्
भलो गर्दा उल्टै बद–मासी सम्झन्छन् ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...