Thursday 15th January 2026

सल्यानमा घर भत्किंदा एकै परिवारका ५ जनाको मृत्यु, १ घाइते


तितोपाटी – सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।

यस्तै छोरीद्वय ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

एउटै कोठामा लहरै सुतेका मध्ये ११ वर्षिया सुनिता बिक घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी गराए । आर्थिक अवस्था कमजोर भएका बिक जिर्ण घरमा बस्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...