Monday 5th October 2026

सल्यानमा घर भत्किंदा एकै परिवारका ५ जनाको मृत्यु, १ घाइते


तितोपाटी – सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।

यस्तै छोरीद्वय ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

एउटै कोठामा लहरै सुतेका मध्ये ११ वर्षिया सुनिता बिक घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी गराए । आर्थिक अवस्था कमजोर भएका बिक जिर्ण घरमा बस्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...