Monday 5th October 2026

गोबिन्द राज ओझा (राजन)को गीती कविता – ‘म’


म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु
मैले सपना देखे कि म तिम्रो  माया जालमा परेछु
किन होला मैले तिम्रो बारेमा केही भन्न चाहन्छु
मेरो हृदयले तिमिलाई खोज्छ, पक्कै साथ पाउँछु
 
तिमी सँगै छौ मेरो आत्मा सन्तुष्ट छ
मेरो दृष्टिले तिम्रो  खोजी गरिरहन्छ
मेरो मायाले गर्दा  तिमि सँग भेट हुन्छ
तिम्रो मनमा र मेरो मनमा माया बसेको छ
 
यी आँखामा हेर माया बसेको छ
प्रेम एक सुन्दर चीज हो, यसले हृदय जोड्न सिकाउँछ
हामीलाई हाँस्न र बाच्न सिकाउँछ
ए मेरो प्रेमीका  अब आउनुपर्छ
 
ए  माया, म बरु तिम्रो लागि टहलाउन चाहन्छु
जसरी पातदार रूखहरू शान्तिमय छन् म शान्ति पाउनेछु
म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु
मैले सपना देखे कि म तिम्रो  माया जालमा परेछु

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...