Wednesday 19th November 2025

कविता:बाटोको इच्छा -नारायण कोइराला


म जान चाहन्थेँ गरिबको घरमा
बाटो बिराएको छैन मैलेँ
म आफ्नो नक्सा कोर्न सक्दिन
कोर्नेहरु मलाई उल्टा सिधा कोरिदिन्छन्
म कसरी हिड्नु सिधाबाटो
बीचबीचमा उभिन्छन् यहाँका साँढेहरु
मेरो बनावट नै बिगार्दिन्छन
आफ्नो सहजताको लागि
साँढेका पुच्छर बटार्ने भन्दा
समाउने भेटिन्छन् धेरै यहाँ
म कसरी पुग्ने गरिबको घरमा
साँढेको पुच्छर समाउनेहरु
बन्छन हर्ताकर्ता जहाँ
सकिन्न जबसम्म राजनीतिक स्वार्थबाद
म बाटो बाङ्गोटेडो नै हुन्छु
साँढे र पुच्छर समाउनेहरू
बन्दैछन् मेरो अगाडि बाधक
लौन!कोही त आउ
साँढे र साँढेको पुच्छर हटाउँन
सकु म यिनलाई पछारी
सीधाबाटो भएर गरिबी मेटाउन।

-नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...