Wednesday 20th August 2025

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण


आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो। गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।

कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो। त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन। मेलम्चीको पानी नियमितरुपमा काठमाडौं ल्याउन सरकारले प्रयास जारी राखेको छ। dcnepal बाट


सम्बन्धित शीर्षकहरु

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल…

प्रतिकृयाहरू
...