Tuesday 16th December 2025

आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, देशभर सार्वजनिक विदा


आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ ।

उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकोरुपमा मनाउने गरिएको छ ।

दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।

केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक विदा दिने गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...