Tuesday 3rd February 2026

“टुक्का पुञ्ज” श्रृङ्खला – १


साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा दुई हरफकाे कविता लेखेर २०७७ साउन २५ गतेबाट शुरुवात गरिएकाे टुक्का कविता लेखन प्रारम्भ भएकाे ४ वर्ष ५ महिना पूरा भई सकेकाे छ । यस अवधिमा हजाराैँ सर्जकहरूले टुक्का कविता लेखनमा कलम चलाई सक्नु भएकाे छ । संसारकाे विभिन्न देशहरूबाट सर्जक र पाठकहरू गरेर करिब ४५ हजार जना टुक्का कविता पेजमा जाेडिएर टुक्का कवितालाई माया गरि रहनु भएकाेछ । हालसम्म टुक्का कविताका ९ वटा सङ्ग्रहहरू प्रकाशन भइ सकेका छन् भने केही सङ्ग्रहहरू प्रकाशनकाे तयारीमा छन् ।

छाेटाे समयमा अत्यन्तै लाेकप्रिय हुन सफल टुक्का कविताकाे पेजमा पाेष्ट हुन आएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै आएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात गरिएकाे छ ।

“टुक्का पुञ्ज” श्रृङ्खला -१

संयाेजक : धनुष न्याैपाने

[१]
१.
छाडेर गयौ नौ डाँडापारी अर्काको देशमा
रहनु जहाँ गएर पनि नेपाली भेषमा ।
२.
साल आए साल गए नजिकिँदैछ काल
कुर्सीको मोह भयो बिग्रियो देशको हाल ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[२]
१.
दुःख गरेर अघि बढ भाग्य तिम्रो बन्छ
शत्रु नै हेर अब हात मिलाउछु भन्छ ।
२.
सधैँभरि अघि बढी कर्म गर साथी
सक्छु भन्दै अघि बढ्दै पुग्नु अझ माथी ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला
[३]
१.
गरिब,धनी बिचको खाडल धेरै गहिरो भयो
भन्दाभन्दै आझ हेर उमेरले डाँडो काटी गयो।
२.
सुनको थालमा खाई धनीहरू लगाउॅंछन् तास
गरिबको अनुहारमा देखिन्छ सधैँ नि उदास।
✍️ अर्जुन प्रसाद चौलागाई
सुनापति-१, रामेछाप
हाल अमेरिका
[४]
१.
पुष महिनामा पनि प्रचण्ड धुप
लाग्छ सूर्य नै हुन् साक्षात् बिष्णुकै रुप ।
२.
यसैगरि बिते हुन्थ्यो जाडो महिना सबै
थर्थरी काँपेका प्राणी देख्न नपरोस् कबै ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बॅाके ।
[५]
१.
अनेकाैँ भाषा हाम्राे अनेक छन् जातजाति
आ-आफ्नो पर्व मनाएर गर्बिलाे छ छाती ।
२.
हाम्रो संस्कृति नै हो मूल नेपाली अभिमान
सन्तान थरी-थरीका हौँ नेपाली पहिचान ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

::::: जय टुक्का! जय साहित्य


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...