Saturday 20th December 2025

क्यानद्वारा सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिबिधिबाट निलम्बन


नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी ठहर गरेको थियो । उनलाई हिजो अदालतले ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय सुनाएको थियो । उनलाई सजाय सुनाइएलगत्तै क्यानले यही कारण देखाउँदै लामिछानेलाई निलम्बन गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय समेत निर्धारण भएकोले’ लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरिएको छ ।

यो निलम्बनअनुसार अब लामिछाने नेपाल क्रिकेट संघअन्तर्गत हुने कुनै पनि क्रिकेट खेल सम्बन्धी गतिविधिका संलग्न हुन पाउने छैनन् । उनी धरौटीमा जेलबाहिर रहेको अवस्थामा पनि क्यान मातहत हुने कुनै पनि खेल गतिविधिमा खेलाडीको रुपमा, प्रशिक्षकको रुपमा, खेल वा टिमको व्यवस्थापनमा रहेर समेत कुनै किसिमको काम गर्न पाउने छैनन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...