Wednesday 29th October 2025

‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध) हत्या र बलात्कार मुद्दामा पक्राउ


तीतोपाटी – प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध)लाई पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडाैंको हात्तिगौंडाबाट पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारा जिल्लाको जंगलमा तपस्या गरेर चर्चा कमाएका बमजनको सिन्धुली र सिन्धुपाल्चोकमामा आश्रम छन् भने ति आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।

हाल उनी काठमाडाैंको हात्तीगाैंडामा परिवारसहित बस्दै अाएका थिए भने प्रहरीले उनको घरमा छापा मार्न जाँदा उनी भाग्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...